राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १७ चैत्र, २०८२
२०८२ चैत्र १७, काठमाडौं । सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणमा जोडिएका चार बालकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
न्यायधीस दिपक ढकालको एकल इजलाशले उनीहरुलाई थुनामा पठाउन आदेश दिएको हो ।
चारै जनाविरुद्ध जबर्जस्ती करणी र ज्यान मार्ने उद्योगमा अभियोगपत्र दायर भएको थियो । अदालतका सूचना अधिकारी उज्वल रावलले घटनाको गम्भीरता र प्रारम्भिक प्रमाणका आधारमा अनुसन्धान पूरा नहुँदासम्म थुनामै राखेर मुद्दा अघि बढाउने आदेश भएको जानकारी दिए ।
उनीहरुले घटनामा संलग्नहरुलाई कारवाही नभएसम्म शव नउठाउने अडान लिएका छन् । जसका कारण इनिशाको शव २४ दिनयता कर्णाली प्रदेश अस्पतालको शव गृहमा छ ।