मंगलवार, १७ असार, २०८२

६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोका पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ६ असार, २०८२

६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोका पक्राउ

६ असार २०८२, काठमाडौं । सुन तस्करी प्रकरणमा फरार नेकपा माओवादी नेतृ पक्राउ परेकी छन् । ६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी माओवादी नेतृ अमला रोक्का पक्राउ परेकी हुन् ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले काठमाडौंको टोखाबाट आज शुक्रबार पक्राउ गरेको हो ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार गत २०८० साउन २ गते बरामद भई आएको ६० किलो अवैध सुन अनुसन्धान सम्बन्धमा भन्सार चोरी पैठारी तथा सङ्गठित अपराध मुद्दामा फरार रहेकी प्रतिवादी अमला रोकालाई पक्राउ गरिएको जानकारी दिए । 

अमला सुन तस्करीमै पक्राउ परेका बेल्जियमका नागरिक दावा छिरिङकी श्रीमती हुन् । उनी माओवादीको रोल्पा-काठमाडौं सम्पर्क मञ्चकी पूर्वउपाध्यक्ष समेत हुन् ।

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif