मंगलवार, १७ असार, २०८२

लुम्बिनी प्रदेश सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ८ असार, २०८२

लुम्बिनी प्रदेश सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

८ असार २०८२, काठमाडौं । लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझीविरूद्व पक्राउ पुर्जी जारी भएको छ । जनमत पार्टीबाट समानुपातिक सांसद बनेकी शर्माविरुद्ध जिल्ला अदालत पर्साबाट जेठ १६ गते पक्राउ पुर्जी जारी भएको थियो ।  सांसद रायमाझी हाल फरार छिन् ।

सुमनले साढे पाँच लाख रुपैयाँ सापटी लिएकी थिइन् र उक्त रकम फिर्ता गर्न विभिन्न चेकहरू दिएकी थिइन् । तर ती सबै चेक बाउन्स भएपछि आशाले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गरेकी हुन् । 

जिल्ला प्रहरी कार्यालय पर्साले जिल्ला प्रहरी कार्यालय बर्दियालाई रायमाझीलाई पक्राउ गरी दाखिला गरिदिन पत्र लेखेको छ ।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif