राष्ट्रिय सन्देश संबाददाता, १५ घण्टा पहिले
१६ असार २०८२ काठमाडौं । नागार्जुन नगरपालिकाका निलम्बित भेयर मोहनबहादुर बस्नेतलाई ८ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ । बस्नेतले ९ करोड २२ लाख ४६ हजार रुपैयाँ घुस लिएको यस अघि ठहरको फैसला भइसकेका बस्नेतलाई विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले सोमबार सोमबार सजाय निर्धारण गर्दै ८ वर्ष कैद सजायको फैसला गरेको हो ।
आज विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले बस्नेतलाई दोषी ठहर गर्दै भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३(१) बमोजिमको कसुरमा ८ वर्ष र दफा ३०(१) बमोजिम थप ३ महिना कैद सजायको फैसला गरेको हो ।
उनीमाथि करिब ९ करोड २२ लाख रुपैयाँ बराबरको सम्पत्ति घुसखोरी गरेर कमाएको आरोप लागेको थियो । सोही आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका थिए । गत पुसमा उनिविरुद्ध मुद्दा दर्ता भएको थियो ।
यस्तै अदालतले बस्नेतबाट २६ करोड २५ लाख रुपैयाँ सम्पत्ति जफतको फैसला गरेको छ ।