सोमबार, १४ बैशाख, २०८३

प्रधानमन्त्री शाहलाई गाली गरेको आरोपमा युट्युबर पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २९ चैत्र, २०८२

प्रधानमन्त्री शाहलाई गाली गरेको आरोपमा युट्युबर पक्राउ

२०८२ चैत्र २९, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह विरुद्ध अमर्यादित र गालीगलौजपूर्ण सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले एक युट्युबरलाई पक्राउ गरेको छ ।

‘Hades’ नामक युट्युब च्यानलमार्फत प्रधानमन्त्री शाह र अन्य राजनीतिक नेतृत्वलाई लक्षित गरी भ्रामक तथा मानमर्दन हुने किसिमका भिडियो बनाएको भन्दै पाँचथरका रोशन पोखरेल पक्राउ परेका हुन् ।

फाल्गुनन्द गाउँपालिका-७ का बासिन्दा पोखरेललाई जिल्ला प्रहरी कार्यालय, पाँचथरको टोलीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी अनिश कर्णका अनुसार, प्रहरीको साइबर ब्यूरोको अनुसन्धान र समन्वयका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो ।

१० दिनको म्याद थप पक्राउ परेका पोखरेललाई अदालतबाट १० दिनको म्याद थपेर हिरासतमा राखिएको छ । उनीमाथि विद्युतीय कारोबार ऐन (साइबर अपराध) अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

सामाजिक सञ्जालको दुरुपयोग गरी व्यक्तिको चरित्र हत्या गर्ने र सार्वजनिक पदमा रहेका व्यक्तिहरूलाई अश्लील गाली गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न कारबाही प्रक्रिया अघि बढाइएको डीएसपी कर्णले जानकारी दिए ।

पछिल्लो समय नेपालमा अभिव्यक्ति स्वतन्त्रताको नाममा युट्युब र अन्य सामाजिक सञ्जालमा बढ्दै गएको अमर्यादित सामग्रीप्रति साइबर ब्यूरोले कडा निगरानी राख्दै आएको छ ।

advertisement_1676998982.gif