बिहीबार, २८ जेष्ठ, २०८३

रडले हानेर श्रीमतीको हत्या गरेको आरोपमा टिकटकर भाइरल 'नेपाली ब्राे' पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २३ जेष्ठ, २०८३

रडले हानेर श्रीमतीको हत्या गरेको आरोपमा टिकटकर भाइरल 'नेपाली ब्राे' पक्राउ

२०८३ जेष्ठ २३, काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियाोगमा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा पैँयुटार बस्ने 'नेपाली ब्रो' भनिने ४२ वर्षीय कुमार थापा छन् । उनले आफ्नी श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरी हत्या गरेकाे प्रहरीले जनाएको छ । 

 गम्भीर घाइते भएकी ईश्वरीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएकोमा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

advertisement_1676553908.gif