राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १९ जेष्ठ, २०८२
१८ जेठ २०८२, काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो ।
बचतकर्ताको २५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरी फरार रहेका उनलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट पक्राउ गरिएको प्रवक्ता एसपी युवराज खड्काले जानकारी दिए ।
सल्यान घर भई बाँके बस्दै आएका उनी रकम हिनामिना आरोप लागेपछि फरार थिए । उनीविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।