सोमबार, १४ बैशाख, २०८३

साढे १८ लाख नगदसहित बुढानीलकण्ठबाट एक जना पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २३ माघ, २०८२

साढे १८ लाख नगदसहित बुढानीलकण्ठबाट एक जना पक्राउ

२०८२ माघ २२, काठमाडौं । साढे १८ लाखसहित बूढानीलकण्ठबाट एक जना पक्राउ परेका छन् । प्रहरीले उदयपुर निवासी ४५ वर्षीय प्रबिन किसनलाई पक्राउ गरेको हो ।

बुढानिलकण्ठ नगरपालिका-१ तौलुङ एरियामा प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा रातको समयमा शंकास्पद तरिकाले हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उनको साथबाट साढे १८ लाख भेटिएको प्रहरीले जनाएको छ ।

उक्त रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई नगदसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका किसन र बरामद गरिएको रकमबारे थप अनुसन्धान र कानुनी कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय, हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

advertisement_1676551646.gif