मंगलवार, १७ असार, २०८२

स्रोत नखुलको भारतीय नगद सहित दुई जना पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ६ कार्तिक, २०८१

स्रोत नखुलको भारतीय नगद सहित दुई जना पक्राउ

कपिलवस्‍तु, कार्तिक ६ । कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ लिङ्गेटबाट स्रोत नखुलेको नगद २० लाख ५० हजार भारतीय रूपैयाँ सहित २ जनालाई प्रकाउ गरेको छ । सोमबार राति उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भारत महाराष्ट्र प्रदेश राईगट मुंबाई सिटी बस्ने ३३ वर्षीय सलमान कुरेसिया र ३९ वर्षीय उमेश सखाराम खंडागले रहेका छन् । 

अस्थायी प्रहरी पोष्ट लिङगेट कृष्णनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ४५ एएस ६६६३ नम्बरको गाडीमा सवार सलमानलाई ८ लाख भारतीय रूपैयाँ र युपि ४२ डिटि ५७२१ नम्बरको गाडीमा सवार उमेशलाई १२ लाख ५० हजार भारतीय रूपैयाँ सहित फेला पारी पक्राउ गरेको जिल्‍ला प्रहरी कार्यालय कपिलवस्‍तले जनाएको छ ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif