मंगलवार, १७ असार, २०८२

सर्वोच्चले गर्यो अग्नि सापकोटाविरुद्धको अपहरण र ज्यान मार्ने मुद्दासम्बन्धी रिटमा उत्प्रेषण आदेश जारी

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २२ जेष्ठ, २०८२

सर्वोच्चले गर्यो अग्नि सापकोटाविरुद्धको अपहरण र ज्यान मार्ने मुद्दासम्बन्धी रिटमा उत्प्रेषण आदेश जारी

२१  जेठ २०८२, काठमाडौं । सर्वोच्च अदालतले पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको अपहरण र ज्यान मार्ने मुद्दासम्बन्धी रिटमा उत्प्रेषण आदेश जारी गरेको छ ।

सर्वोच्चको संवैधानिक इजलासले सापकोटाविरूद्ध १२ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा उत्प्रेषण आदेश जारी गरेको हो। योसँगै काभ्रेका अर्जुन लामाको हत्याकाण्डमा सापकोटामाथि अनुसन्धान गरी मुद्दा चलाउने बाटो खुलेको छ ।

बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडालको संवैधानिक इजलासले उक्त आदेश जारी गरेको हो ।

सापकोटालाई काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा सजाय माग गर्दै कनकमणि दीक्षित, अर्जुनकी पत्नी पूर्णिमाया लामा र सुशील प्याकुरेलसमेतले रिट दायर गरेका थिए ।

२०६२ साल वैशाख १६ गते काभ्रेको श्रीकृष्ण माविबाट अर्जुन लामालाई माओवादीले अपहरण पछि हत्या गरेको थियो ।

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif