बिहीबार, २८ जेष्ठ, २०८३

ट्राफिक कारबाहीबाट २४ घण्टामा २७ लाख ३६ हजार रकम राजस्व संकलन

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १९ जेष्ठ, २०८३

ट्राफिक कारबाहीबाट २४ घण्टामा २७ लाख ३६ हजार रकम राजस्व संकलन

२०८३ जेष्ठ १९, काठमाडौं । पछिल्लो २४ घण्टामा राज्यकोषमा रु २७ लाख ३६ हजार ५०१ राजस्व दाखिला भएको छ ।

ट्राफिक उल्लंघनको कारबाहीमा परेका दुई हजार ९३ सवारीचालकले सवारी नियम उल्लंघनगरेकाहरुबाट  कारबाहीस्वरुप  राजस्व दाखिला भएको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६९,  संकेत बत्ती उल्लंघनकर्ता १४१ र तीव्र गतिमा सवारीसाधन कुदाएका १०१ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८२, निषेधित क्षेत्रमा हर्न बजाउने ९२, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १०५, एकतर्फी सडकमा सवारी चलाउने १२९ र अन्य सवारी नियम पालना नगरेका एक हजार ९८२ गरी कूल दुई हजार ९३ जनालाई कारबाही गरिएको हो ।

advertisement_1676551646.gif