मंगलवार, १७ असार, २०८२

विभिन्न हातहतियार र अवैध लागूऔषध सहित पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ३१ जेष्ठ, २०८२

विभिन्न हातहतियार र अवैध लागूऔषध सहित पक्राउ

२ असार २०८२, मकवानपुर । राक्सिराङ गाउँपालिका-१ ढुंगेन बस्ने ५० वर्षीय राजु स्याङ्तानलाई विभिन्न हातहतियार र अवैध लागूऔषध सहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले राजुको घर तलासी गर्दा इटालीयन पेस्तोल १ थान, सोही पेस्तोलको खाली म्याग्जिन २ थान, सोही पेस्तोलको गोली १३ राउण्ड, घरेलु पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली १२ राउण्ड, अवैध लागूऔषध गाँजा २२ किलो ८ सय ग्राम र अफिम जस्तो देखिने पदार्थ १ किलो ३ सय १० ग्राम सहित फेला पारी पक्राउ गरेको हो । 

साथै प्रहरीले सोही ठाउँस्थित चन्द्रलाल मोक्तानको बारीमा आँपको रूखको फेदमा प्लाष्टिकमा बेरी राखिएको घरेलु पेस्तोल १ थान, सोही पेस्तोलको गोली ५ राउण्ड र अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ १ किलो ४ सय ८० ग्राम फेला पारी बरामद गरेको छ । साथै प्रहरीले राजुलाई नियन्त्रणमा लिई ल्याउने क्रममा स्थानीय बासिन्दाहरूले अवरोध गरेको हुँदा अवरोध गर्ने कार्यमा संलग्न सोही गाउँपालिका-१ ठुलोभाबर बस्ने ४२ वर्षीय विर बहादुर लामालाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीविरुद्ध लागुऔषध र हातहतियार खरखजनाको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान गरिएको प्रहरीले बताएको छ ।

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif