मंगलवार, १७ असार, २०८२

युके र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २८ जेष्ठ, २०८२

युके र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

२७ जेठ २०८२, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा भक्तपुर, भक्तपुर नगरपालिका-२ बस्ने ४४ वर्षीय रबिन्द्र बासुकला, काठमाडौं महानगरपालिका-६ सरस्वतीनगर बस्ने मोरङ रतुवामाई नगरपालिका-१० घर भएका ४४ वर्षीय लक्ष्मण पराजुली र काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने धनुषा सबैला नगरपालिका-१२ घर भएका ४७ वर्षीय अरूण राज शर्मा रहेका छन् । 

पक्राउमध्ये रबिन्द्रले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ६० हजार रूपैयाँ तथा लक्ष्मण र अरूणले युके पठाइदिन्छु भन्दै ३८ जना पीडितहरूबाट ११ करोड ६ लाख ९७ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रबिन्द्रलाई भक्तपुर नगरपालिका-२ ब्यासीबाट सोमबार तथा लक्ष्मण र अरूणलाई काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट आइतबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif