राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १० असार, २०८२
१० असार २०८२, विराटनगर । कोरोना संक्रमित महिलाको नोबेल शिक्षण अस्पतालमा विराटनगरमा मृत्यु भएको छ । मंगलबार बिहान अस्पतालमा भर्ना भएकी इलामकी ३९ वर्षीया महिलाको मृत्यु भएको हो ।
उपचारका लागि नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएकी ३९ वर्षीया लामा थरकी महिलाको मृत्यु भएको हो । लामालाई उपचारका लागि मंगलबार बिहान ४:२० बजेतिर अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा आज बिहान ६ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक महिलाको ठेगाना इलामको सूर्याेदया नगरपालिका रहेको नोबेल अस्पतालका प्रबन्धक दिपेश राईले जानकारी दिए ।
श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने समस्या बढेपछि सोमबार बिर्तामोडको बिर्तासीटी अस्पतालमा परीक्षण गरिएको थियो । परीक्षणका क्रममा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको अस्पताले जनाएको छ । उनको शवलाई प्रहरीको जिम्मा लगाइएको अस्पतालले जनाएको छ । प्रहरीले परिवारलाई बुझाएको छ । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले इलाम प्रहरीसँग समन्वय गरी नियम बमोजिम प्रक्रिया पूरा गरेर शव परिवारको जिम्मा लगाइसकिएको जानकारी दिइन्