राष्ट्रिय सन्देश संबाददाता, शनिबार, १४ चैत्र, २०८२
२०८२ चैैैत्र १४, काठमाडौं । संविधानविद् एवं भारतका लागि पूर्वराजदूत निलाम्बर आचार्यले प्रतिशोध र धरपकडले कसैको भलो नगर्ने बताएका छन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेलगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत उनले साह्रै नमिल्ले कुरा भइरहेको उल्लेख गरेका छन् । उनले भनेका छन्- ‘साह्रै नै नमिल्ने कुरा भैरहेको छ, प्रतिशोध र धरपकडले भलो गर्दैन ।’
प्रहरीले शनिबार बिहानै पूर्व गृहमन्त्री लेखकलाई भक्तपुरको कटुञ्जेस्थित निवासबाट पक्राउ गरेको थियो । पछि पूर्वप्रधानमन्त्री ओली भक्तपुरकै गुण्डुस्थित निवासबाट पक्राउ परेका थिए ।