मंगलवार, १७ असार, २०८२

अहमदाबाद विमान दुर्घटनामा सबै २४२ यात्रुको दुखद निधन

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ३० जेष्ठ, २०८२

अहमदाबाद विमान दुर्घटनामा सबै २४२ यात्रुको दुखद निधन

२९ जेठ २०८२, काठमाडौं । भारतको अहमदावादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा सबै २४२ जना यात्रुको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार विमानमा सवार सबै २४२ जनाको मृत्यु भएको समाचार समाचार माध्‍यम गुजरात प्रहरीलाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।

विमानमा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगिज र एक क्यानेडियन नागरिकसहित जम्मा २३० यात्रु थिए । बाँकी १२ जना चालक दलका सदस्य थिए ।

जहाँ विमान ठोक्किएको थियो, त्यहाँ अहमदाबाद सिभिल अस्पतालका डाक्टरहरू बस्दै आएका थिए । जानकारी अनुसार दुर्घटनाको समयमा उक्त भवनमा ५० देखि ६० जना डाक्टर थिए, जसमध्ये १५ भन्दा बढी घाइते भएका छन् ।

एयर इन्डियाको उक्त विमान दिउँसो १ः३८ बजे उडेको थियो भने दिउँसो १ः४० बजे नै दुर्घटनाग्रस्त भएको थियो । जानकारीअनुसार विमान एयरपोर्टको पर्खाल र एयर कस्टम कार्गो अफिसको नजिक दुर्घटना भएको हो । विमान खसेपछि सम्पूर्ण क्षेत्रमा बाक्लो धुवाँ फैलिएको देखिएको थियो ।

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif