मंगलवार, १७ असार, २०८२

अमेरिकामा एकै परिवारका चार नेपालीको गोली हानी हत्या

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २५ जेष्ठ, २०८२

अमेरिकामा एकै परिवारका चार नेपालीको गोली हानी हत्या

२४ जेठ २०८२, काठमाडौं । अमेरिकाको भर्जिनियामा एकै परिवारका चार जना नेपालीको हत्या भएको छ ।

भर्जिनियाको मानासास पार्कमा रहेको एक घरमा गएराति दुई बालबालिका र दुई वयस्कलाई गोली हानी हत्या गरिएको अवस्थामा फेला पारेको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले २ वर्षीय बालक, ८ वर्षीया बालिका, ३८ वर्षीय सन्तोष परियार र ३६ वर्षीया अञ्जु श्रेष्ठ गोली लागेर मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थलबाट एउटा पिस्तोल बरामद भएको छ । छिमेकीहरूका अनुसार सो परिवार करिब छ महिनाअघि नेपालबाट पुगेको थियो ।

चारै जनाको गोली लागेर मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मानासास पार्क प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

advertisement_1744958411.jpg
advertisement_1693066608.gif
advertisement_1697293415.gif