आईतवार, ३१ जेष्ठ, २०८३

भारतको सर्वोच्च अदालतले भारतीय काँग्रेस नेता राहुल गान्धीको सांसद पद पुनर्बहाली

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १९ श्रावण, २०८०

भारतको सर्वोच्च अदालतले भारतीय काँग्रेस नेता राहुल गान्धीको सांसद पद पुनर्बहाली

दिल्ली । भारतको सर्वोच्च अदालतले भारतीय काँग्रेस नेता राहुल गान्धीको सांसद पद पुनर्बहाली गरेको छ । जिल्ला अदालतको आदेश उल्ट्याउँदै सर्वोच्चले गान्धीको सजायलाई सुनाएको सजायमा रोक लगाएको छ । योसँगै उनको सांसद पद पुनर्बहाली भएको छ । 

राहुल गान्धीलाई ‘मोदी’ सरनेम मुद्दामा जिल्ला अदालतले दिएको फैसला कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको हो । ‘सबै चारेको सरनेम किन मोदी हुन्छ’ भन्ने अभिव्यक्ति दिएको भन्दै परेको रिटमा सुरत अदालतले गान्धीलाई दुई वर्षको जेल सजाय सुनाउँदै सांसद पदबाट हटाएको थियो । 

तर, शुक्रवार सर्वोच्चले काँग्रेस नेता गान्धीमाथि यथेष्ट प्रमाणबिनै २ वर्षको सजाय सुनाइएको भन्दै उनको सजायमा रोक लगायो । 

साथै सर्वोच्चले गान्धीलाई त्यस्ता टिप्पणी गर्नुअघि विचार पुर्‍याउनसमेत भनेको छ । 

advertisement_1676553851.gif
अन्य समाचार