राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ४ असार, २०८१
काठमाडौं, असार ३ । भारतको दार्जिलिङको नयाँ जलपाईगुडी नजिकै एउटा मालगाडी कञ्चनजंघा एक्सप्रेससँग ठोक्किएर दुर्घटनाग्रस्त हुँदा १५ जनाको मृत्यु भएको छ । दुर्घटना बिहान ९ बजेको समयमा न्यू जलपाईगुड़ी और रंगापानी रेलवे स्टेशनको बिचमा भएको भारतीय संचारमाध्यमहरू जनाएका छन् ।
अगरतलाबाट सियालदह जाँदै गरेको कञ्चनजंघा एक्सप्रेस नयाँ जलपाईगुडी स्टेशन नजिकै रंगपानीमा मालगाडीसँग ठोक्किएको थियो।
रेलवे बोर्डले उद्धार अभियान पूर्ण रूपमा सकिएको र अहिलेसम्म दुर्घटनामा मृत्यु हुनेको संख्या १५ जनाको मृत्यु भईसकेको छ भने अहिले सम्म घाइते ६० जना अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटना स्थल रेलमन्त्री अश्विनी वैष्णवले निरीक्षण गर्न पुगेका छन् । सरकारले मृतकका परिवारलाई १०–१० लाख दिने घोषणा गरेको छ भने गम्भीर घाइतेको उपचारका लागि जनही साढे २ लाख दिने भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। त्यस्तै सामान्य घाइतेलाई जनही ५० हजार दिने केन्द्र सरकारले घोषणा गरेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु, बंगालकी मुख्यमन्त्री ममता बनर्जी र रेलमन्त्रीले यस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।