मंगलवार, १७ असार, २०८२

भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ८ माघ, २०८०

भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न

उत्‍तर प्रदेश, भारत। भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा बहुचर्चित मन्दिर राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न भएको छ । रामको मूर्तिलाई आज सोमबार धार्मिक विधिअनुसार प्राण प्रतिष्ठा गरिएको हो ।

प्रधानमन्त्री नरेन्‍द्र मोदीले अयोध्या राम मन्दिरको गर्भ गृहमा मुख्य पूजासहित प्राण प्रतिष्ठा गरेको भारतीय संचारमाध्‍यमले जनाएको छ। अभिजीत मुहूर्तमा ८५ सेकेन्डमा रामललाको प्राणको अभिषेक भएको थियो । साथै प्राण प्रतिष्ठा लगत्तै भारतीय वायुसेनाको हेलिकोप्टरबाट पुष्पवर्षा समेत गरिएको थियो । पूजामा प्रधानमन्त्री मोदीसँगै आरएसएस प्रमुख मोहन भागवत, उत्‍तर प्रदेशकी राज्‍यपाल आनन्‍दीबेन पटेल, उत्‍तर प्रदेशका मुख्‍यमंत्री योगी आदित्‍यनाथको पनि गर्भगृहमा सहभागि भएका थिए।   

कार्यक्रममा सात हजारभन्‍दा बढी अतिथ्रिहरूलाई आमन्‍त्रण गरिएको थियो। राज्‍यका अतिथिको सूचीमा प्रमुख राजनीतिक नेता, उद्योगपति, अभिनेता, खेलाडी, कर्मचारी, कूटनीतिज्ञहरूको पनि उपस्थिती रहेको बताइएको छ।

२८ हजार स्क्वायर फिटमा फैलिएको मन्दिरमा रड प्रयोग नगरिएको यो मन्दिर बनाउन २५८७ गाउँबाट माटो ल्याइएको बताइएको छ । पाँचौ शताब्दी पुरानो मस्जिद रहेको क्षेत्र राम मन्दिरको भएको भारतीय सर्वोच्च अदालतले सन् २०१९ नोभेम्बर ९ मा सात दशक चलेको लम्बेतान मुद्दामा फैसला गरेको थियो । 

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif