मंगलवार, १७ असार, २०८२

भारतको उत्‍तर प्रदेशमा सत्संगमा भएको भागदौडमा ६० जनाको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १९ असार, २०८१

भारतको उत्‍तर प्रदेशमा सत्संगमा भएको भागदौडमा ६० जनाको मृत्यु

काठमाडौं, असार १८ । भारतको उत्‍तर प्रदेश हाथरस जिल्लाको सिकन्दराउमा मंगलबार आयोजित सत्संगमा भागदौड मच्चिँदा ६० जनाको मृत्यु भएको छ । यस घटनाप्रति दुःख व्यक्त गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राहत कार्यलाई तीव्रता दिन अधिकारीहरूलाई निर्देशन दिएका छन्।

भारतिय संचार माध्‍यमका अनुसार भागदौडमा मारिएका २७ जनाको शव इटाहको पोस्टमार्टमाको लागि पठाइएको घटनाको बारेमा प्रहरीले अनुसन्‍धान अगाडी बडाएको जानकारी गराएको छ।

मुख्यमन्त्रीले हातरस जिल्लामा भएको दुर्घटनामा परि मृतकका शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । मुख्यमन्त्रीले जिल्ला प्रशासन अधिकारीहरूलाई तत्कालै घाइतेहरूलाई अस्पताल लैजान र उचित उपचारको व्यवस्था गर्न निर्देशन दिएको छ। साथै उनले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

मुख्यमन्त्रीले जिल्ला प्रशासन कार्यालयका अधिकारीलाई घटनास्थलमा पुगेर राहत कार्यलाई तिब्रता दिन निर्देशन दिएका छन् ।

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif