मंगलवार, १७ असार, २०८२

भारतले चन्द्रयान -३ को सफल प्रक्षेपण गर्यो

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २९ असार, २०८०

भारतले चन्द्रयान -३ को  सफल प्रक्षेपण गर्यो

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन ( इस्स्रो ) ले चन्द्रयान ३ को सफल प्रक्षेपण गरेको छ ।

शुक्रबार दिउँसो भारतीय समय २ बजेर ३५ मिनेटमा चन्द्रयान ३ लाई चन्द्रमामा पठाएको हो । उक्त चन्द्रयान ३ अर्विटमा सफलतापूर्वक पुगेको छ । २ बजेर ३५ मिनेटमा चन्द्रयान–३ मिसन प्रक्षेपण गरिएको हो । उक्त मिसन डेढ महिना सम्म चल्ने छ । अर्थात् आज प्रक्षेपण गरिएको चन्द्रयान– ३ लाई अन्तरिक्षमा पुग्न डेढ महिनाको समय लाग्ने चन्द्रयान –३ को मिसनमा संलग्न वैज्ञानिकहरुले बताएका छन् । उक्त चन्द्रयानले चन्द्रमाको सतहमा उत्रन डेढ महिनाको समय लिने छ ।

चन्द्रयान–३ ले सतहको तापक्रम, तरंग, खनिज, माटो, ढुंगालगायतको अध्ययन गर्नेछ, र यो मिसनको लागि भारतले करिब ७५ मिलियन अमेरिकी डलर खर्च गरेको बताईएको छ । उक्त चन्द्रयान –३ को प्रक्षेपण सतीश धवन अन्तरिक्ष केन्द्रबाट गरिएको छ ।

चन्द्रयान – ३ को प्रक्षेपण हेर्न हजारैं मान्छेको भीड लागेको थियो । चन्द्रयान –३ अगस्ट २४ र २५ मा चन्द्रमामा अवतरण गर्नेछ । आगामी १४ दिनसम्म, रोभरले ३६० डिग्रीमा ल्यान्डरको वरिपरि घुम्नेछ र धेरै परीक्षणहरू गर्नेछ।

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif