राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ७ जेष्ठ, २०८१
काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामापरि मृत्यु भएको छ । उक्त दुर्घटनामा इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको पनि मृत्यु भएको छ।
आइतबार भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रइसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् ।
राष्ट्रपति रइसी, विदेशमन्त्री अब्दुल्लाहियानलगायत सवार हेलिकप्टर आइतबार इरानको उत्तरपश्चिमी क्षेत्रमा दुर्घटना भएको थियो।
राष्ट्रपति रइसी र विदेशमन्त्री अबदुल्लाहियान चढेको हेलिकप्टर सम्पर्कविहीन भएको १५ घन्टापछि दुर्घटनाग्रस्त अवस्थामा सोमबार बिहान भेटिएको थियो । राष्ट्रपति र विदेशमन्त्री सवार हेलिकप्टर खोज्न २० वटा भन्दा बढी उद्धार टोली खटिएका थिए ।
दुर्घटना कसरी भयो भन्ने बारे जानकारी नआएपनि राईसीको हेलिकप्टर एक्कासी प्रतिकुल मौसम खरावको कारणले दुर्घटना भएको हुनसक्ने विज्ञहरुको अनुमान छ ।