राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १ असार, २०८२
१ असार २०८२, काठमाडौं । भारतको उत्तराखण्डको केदारनाथ नजिकै गौरीकुण्ड क्षेत्रमा आज बिहान हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा पाइलटसहित सबै ७ यात्रुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
केदारनाथबाट गुप्तकाशी उडान भरेको आर्यन एभिएसनको हेलिकप्टर गौरीकुण्डको जंगलमा दुर्घटनाग्रस्त भएको हो । हेलिकप्टर केदारनाथ मन्दिरबाट तीर्थयात्री बोकेर गुप्तकाशी उडेको थियो । प्रारम्भिक जानकारी अनुसार खराब मौसम दुर्घटनाको कारण भएको बताइएको छ ।
मृतकहरूमा पाइलट राजवीर, विक्रम रावत, विनोद, तृष्टि सिंह, राजकुमार, श्रद्धा र १० वर्षीया बालिका राशि रहेका छन्। घटनास्थलमा उद्धार टोली पुगेको छ भने घटनाको थप अनुसन्धान जारी छ ।