राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १८ मंसिर, २०८१
काठमाडौँ , मंसिर १८ । नेपाललाई चीनले ९ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेको छ ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका क्रममा चीनका राष्ट्रपति सि चिनफिङले नेपाललाई ५०० मिलियन आरएमबी करिब नौ अर्ब रुपैयाँ अनुदान सहयोग घोषणा गरेका हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार राष्ट्रपति सिले ९ अर्ब अनुदान दिने घोषणा गरेको बताइएकोछ ।