मंगलवार, १७ असार, २०८२

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्ष जेल सजाय

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २० श्रावण, २०८०

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्ष जेल सजाय

पाकिस्तान। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्षको जेल सजाय सुनाइएको छ । पाकिस्तानको तेहरिक–ए–इन्साफ पार्टीका अध्यक्ष समेत रहेका खानलाई ट्रयाल कोर्ट (जिल्ला अदालत) ले गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको हो ।

आज शनिबार दिउँसो मुद्दाको सुनुवाइ खानका वकिल उपस्थित थिएनन् । त्यसपछि अदालतले आफ्नो फैसला सुनाएको बताइएको छ । फैसलासँगै उनलाई लोहारस्थित घरबाटै पक्राउ गरिएको बीबीसीले जनाएको छ ।

यस सजायसँगै अबण् खानले ५ वर्षका लागि चुनावमा भाग लिन पाउने छैनन् । यो कुरा पाकिस्तान निर्वाचन आयोगका वकिल अमजद परवेजले खुलासा गरेका छन् ।

सन् २०१८ मा पाकिस्तानको प्रधानमन्त्री भएका खान पूर्व क्रिकेटरका रुपमा समेत चर्चित थिए । पछि उनले संसदमा विश्वासको मत प्राप्त गर्न नसक्दा प्रधानमन्त्री पद गुमाएका थिए ।

तोशाखाना मुद्दामा उनलाई तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँको जरिवाना गरिएको अदालतले जनाएको छ।

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif