मंगलवार, १७ असार, २०८२

पाकिस्तानले शुरु गर्‍यो ‘बुनयान-मर्सूस’

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २७ बैशाख, २०८२

पाकिस्तानले शुरु गर्‍यो ‘बुनयान-मर्सूस’

२७ बैशाख २०८२, काठमाडौं । पाकिस्तानी सेनाले भारतको ‘अपरेशन सिन्दूर’विरुद्ध जवाफी कारबाही सुरु गरेको जनाएको छ । पाकिस्तानले ‘बुनयान–उल–महसूस’ नाम दिएर भारतविरुद्ध जवाफी कारबाही सुरु गरेको हो ।

पाकिस्तानी फौजको जनसम्पर्क विभाग आईएसपीआरका अनुसार पाकिस्तानले जवाफी कारबाहीलाई ‘अप्रेशन बुनयान मरसूस’ नाम दिएको बताइएको छ । पाकिस्तानको सरकारी टेलिभिजन र सेनाका पब्लिक रिलेसन विभागले भारतविरुद्ध प्रत्याक्रमणबारे जानकारी गराएको हो ।

पाकिस्तानी डिफेन्स सिस्टमले भारतले प्रहार गरेका अधिकांश मिसाइल खसालेको उनको दाबी छ । देशको सेना पूरै तरिकाले तयार रहेको उनको भनाइ छ । पाकिस्तानले दाबी गरेका सैन्य अड्डाहरुमा रावलपिण्डी, नूर खान जस्ता रहेका छन् । जो पाकिस्तानको राजधानी इस्लामाबादबाट १० किलोमिटरको दूरीमा छन् ।

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif