राष्ट्रिय सन्देश संबाददाता, बुधबार, १७ जेष्ठ, २०८०
नयाँ दिल्ली। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको नया दिल्ली पुगेका छन्। त्यहाँ उनलाई भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् । चार दिने औपचारिक भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका प्रचण्डलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय बिमानस्थलमा राज्यमन्त्री लेखीले लगाएत अन्य कर्मचारीहरुले स्वागत गरेका हुन् ।
भारत भ्रमण मा झन्डै १२० सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड बुधबार दिउँसो नयाँदिल्ली पुगेका हुन्। उनको स्वागतका लागि दिल्लीस्थित नेपालका राजदूत शंकर शर्मा पनि विमानस्थल पुगेका थिए । विमानस्थल बाहिर सांस्कृति टोलीले झाँकी प्रदर्शन गरेको थियो ।