राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २४ माघ, २०७९
टर्कीको दक्षिणपूर्वी क्षेत्रमा गएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण टर्की र सिरियामा ठूलो जनधनको क्षति पुगेको छ ।
इजरायलमा समेत भूकम्पको धक्का महसुस गरिएको भन्दै दूतावासले त्यहाँ रहेका नेपालीहरूलाई सुरक्षित रहन आग्रह गरेको हो ।
राजदूत कान्ता रिजाललका अनुसार १०० किलोमिटर प्रतिघण्टाको गतिमा आइरहेको आँधीबाट सुरक्षित रहन दूतावासले कुनै अप्ठ्यारो वा असुविधा भएमा दूतावासमा सम्पर्क गर्न सबैमा अनुरोध गरिएको बताइन् ।
अहिलेसम्म त्यस्तो समस्यामा परेको तथा हाताहाती भएको कुनै जानकारी नआएको दूतावासले जनाएको छ ।