मंगलवार, १७ असार, २०८२

युक्रेनको खाद्य भण्डारमा रूसको आक्रामण जारी

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ७ श्रावण, २०८०

युक्रेनको खाद्य भण्डारमा रूसको आक्रामण जारी

मस्को । अन्न सम्झौताबाट बाहिरिए लगत्तै रूसले युक्रेनबाट अनाज आपूर्ति रोक्न लगातार तीन दिन देखी ब्ल्याक सी बन्दरगाहमा आक्रमण गरिरहेको छ । 

पछिल्लो समयमा रूसले  कृषि भण्डारण भवनहरूमा आक्रमण सुरु गरे पछि विश्वमा खाद्य संकटको बिषयलाइ लिएर सबैको ध्‍यान केन्‍द्रीत भएको बताइएको छ । 

रूसले शनिबार ब्ल्याक सीमा नाकाबन्दी मात्र गरेन तर ओडेसा क्षेत्रका बन्दरगाह पूर्वाधारदेखि लिएर कृषि भण्डारण केन्द्रहरूमा पनि आक्रमण गरेको छ ।  युक्रेनका ११ वटा क्षेत्रमा भएको आक्रमणमा आठ सर्वसाधारण मारिएका छन् ।

रुसले युक्रेनका ११ महत्वपूर्ण स्थानमा मिसाइल आक्रमण गरेको थियो, जसमा ८ जना सर्वसाधारणको मृत्यु भएको छ भने धेरै घाइते भएको जनाइएको छ । पूर्वी डोनेट्स्क क्षेत्रका क्षेत्रीय अभियोजकको कार्यालयले एक विवाहित जोडी सहित कम्तीमा चार जनाको मृत्यु भएको जनाएकाे छ । 

यहाँ रूसी सेनाले रातभर बाख्मुत शहरमा आक्रमण गरेको, जसका कारण त्यहाँको ग्यास पाइपलाइन पनि भत्काएका छन् । क्षेत्रीय गभर्नर ओलेह किपरले भण्डारण स्थलमा भएको आक्रमणमा १०० मेट्रिक टन मटर र २० मेट्रिक टन जौ नष्ट भएको जानकारी दिए । 

संयुक्त राष्ट्रसंघले विश्वमा खाद्यान्न आपूर्ति गर्ने प्रमुख केन्द्र युक्रेनको बन्दरगाह र खाद्यान्न भण्डारण केन्द्रहरूमा यस्तै आक्रमण भएमा नयाँ विश्वव्यापी अन्न संकटको सम्भावना व्यक्त गरेको छ। 

रुसी नेता सर्गेई भर्सिनिनले भने सम्झौताको अन्त्य भए पनि रुसले अफ्रिकी देशको आवश्यकता पूरा गर्ने भने बताएका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले अफ्रिकाका गरिब देशहरूलाई अन्न उपलब्ध गराउने वाचा गरेका छन्। अर्कोतर्फ, खाद्यान्न सम्झौतामा महत्वपूर्ण भूमिका खेलेको टर्कीको अन्न कोरिडोरलाई पुनर्स्थापना गर्न माग गरेको छ ।

रुसका उप विदेश मन्त्री सर्गेई भर्सिनिनले यी आक्रमणहरूमा स्पष्ट पारे कि रक्षा मन्त्रालयले यस हप्ताको सुरुमा ब्ल्याक सी क्षेत्रलाई जहाजको लागि खतरनाक घोषणा गरिसकेको छ। 

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif