मंगलवार, ३१ असार, २०८२

"औक़ात "

सिताराम घिमिरे, बुधबार, ३ श्रावण, २०८०

"औक़ात "

 

एउटा सलाईको कांटी

एउटा घिउको भाँडो

दाउराको थुप्रोमा

केही समयमा

खरानीको थात

बस यती नै रहेछ

मानिसको औक़ात।

एउटा बूढ़ा बाबु

आफ्नो सम्पति

परिवारको नाममा गर्छन्

कुनै साँझ तिनी मर्छन्

कतै सुकुर सुकुर

रोएको आवाज।

कतै खुसुर फुसुर

चाँडै लैजाउ यो लाश

किन राख्ने भर रात

बस् यहिनै हो

मानिसको औकात्।

एउटा राम्रो फोटो

बनाउन लगाउँछन्

फोटो अगाडि

धुप जलाउँछन्।

सुगंधित माला लगाईदिन्छन्।

पत्रिकामा बुट्टेदार

श्रद्धान्जली छपाउँछन् ।

पछि फोटोमा

लागेको जालो

पुछ्ने भेटिदैन हात

बस यही हो

मानिसको औकात्।

advertisement_1744958411.jpg
advertisement_1693066608.gif
advertisement_1697293415.gif