मंगलवार, १७ असार, २०८२

साहित्यकार सीताराम घिमिरेद्वारा लिखित "मुक्तक संग्रह "बजारमा

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ३२ जेष्ठ, २०८२

साहित्यकार सीताराम घिमिरेद्वारा लिखित "मुक्तक संग्रह "बजारमा

पाल्पा तानसेन । साहित्यकार सीताराम घिमिरेद्वारा लिखित मुक्तक संग्रह बजारमा आएको छ । मुक्तक संग्रह यही जेष्ठ २२ गते बिहिबार तानसेनको श्रीनगर होटलमा एक समारोहका बीच बिमोचन गरिएको हो ।

लेखक सीताराम घिमिरेकी ९३ बर्षीयआमा शिवाकला घिमिरे, बरिष्ठ साहित्यकार तथा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका क्याम्पस प्रमुख डा टंक पन्त ,बरिष्ठ पत्रकार मेघराज शर्मा, तानसेन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तथा बरिष्ठ साहित्यकार पुस्कर राज रेग्मी, वरिष्ठ साहित्यकारहरु राम प्रसाद अर्याल तथा उमानाथ आत्रेय तथा मुक्तक लेखक पत्नी चम्फा कुमारी घिमिरे लग्याताले सामुहिक रुपमा मुक्तक संग्रहको बिमोचन गर्नु भएको थियो ।

बिमोचन कार्यक्रममा मुक्तकका बिषयमा टिप्पणी तथा बिबेचना गर्दै त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका क्याम्पस प्रमुख डा टंक पन्तले मुक्तक संग्रह बिबिध बिषयमा समेटेर लेखिएकोले अत्यन्तै उपयोगी रहेको भन्दै पाल्पाका साहित्यकारको नाम लिदा सीताराम घिमिरे छुटाउन नहुने श्रस्टाका रुपमा परिचित भएको बताउदै आगामी दिनमा पनि यस्ता साहित्यले निरन्तरता पाउनेमा आफु विश्‍वस्‍त रहेको बताउनु भयो । कार्यक्रममा वरिष्ठ पत्रकार मेघराज शर्मा, तानसेन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तथा बरिष्ठ साहित्यकार पुस्कर राज रेग्मी, बरिष्ठ साहित्यकारहरु राम प्रसाद अर्याल तथा उमानाथ आत्रेय लगायतले शुभकामना सहित मुक्तकका विषयमा आ-आफ्ना धारणा राख्नु भएको थियो ।

लेखक तथा साहित्यकार सीताराम घिमिरेले मुक्तक कुनै एउटा विषयमा आधारित नभई विभिन्न समयमा  विविध विषयतथा समाजमा देखिएका समस्याहरुलाई उजागर गरि त्यसलाई मुक्तकका रुपमा लेखिएको बताउनु भयो । पाठकहरुबाट प्रतिक्रिया सहितको सुझाब आए भविष्यमा अन्य साहित्य लेखनमा सहयोग पुग्ने बताउनु भयो ।

लेखक तथा साहित्यकार सीताराम घिमिरे तथा उहाकी धर्ममत्नी चम्फा देवी घिमिरेको विवाहको ५० औ बर्ष पुगेको अवसरमा उक्त पुस्तक सार्वजनिक गरिएको हो । कार्यक्रम मुक्तक लेखकका जेष्ठ पुत्र कृष्ण घिमिरेले संचालन गर्नु भएको थियो । 

साहित्यकार सीताराम घिमिरेद्वारा लिखित "मुक्तक संग्रह "बजारमा

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif