आईतवार, १ मंसिर, २०८२

आधारभूत सहकारी लेखा व्यवस्थापन सम्बन्धी ५ दिने तालिम रामपुरमा सम्पन्न

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २५ कार्तिक, २०८२

आधारभूत सहकारी लेखा व्यवस्थापन सम्बन्धी ५ दिने तालिम रामपुरमा सम्पन्न

२०८२ कार्तिक २४, पाल्‍पा । आधारभूत सहकारी लेखा व्यवस्थापन तालिम रामपुर नगरपालिका पाल्पामा सम्पन्न भएको छ । रामपुर नगरपालिका सहकारी शाखाको आयोजनामा भएको ५ दिने तालिमको सोमबार समापन गरिएको छ । नगरपालिका भित्रका २१ वटा सहकारी संस्थाहरुलाई लेखा व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिएको हो ।

नगरभित्र सञ्चालित सहकारी संस्थाहरुको लेखालाई पारदर्शी र व्यवस्थित बनाउनका लागि संस्थाका व्यवस्थापक र लेखा समितिलाई लेखा सम्बन्धी ज्ञान सिप प्रदान गरिएको हो । तालिममा सहकारीको लेखा व्यवस्थापन, हिसाब परिक्षा सूची, नाफा नोक्सान कोष बाँडफाँड , सहकारीमा कर दायित्व लगाएतका विषयमा सहजिकरण गरिएको थियो । तालिमममा सहभागिलाई प्रमाण पत्र वितरण गर्दै रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चेमन प्रकाश पोखरेलले तालिममा सिकेका ज्ञान सिपको माध्यमबाट सहकारीको नीति,सिद्धान्त र उद्देश्य अनुरुप सञ्चालन गर्न आग्रह गरे। हरेक सहकारीले आर्थिक र समाजिक दायित्व पुरा गरि पारदर्शी रुपमा सञ्चालन गर्नु पर्ने आवश्यकता औँल्याए । साथै सहकारीलाई समस्या पर्दा सहकारीहरुविच पारस्परिक सहयोग गरेर अगाडी बढ्न आग्रह समेत गरे ।

रामपुर नगरपालिकाका सहकारी शाखा प्रमुख गणेश प्रसाद रेग्मीले सहकारी संस्थालाई व्यवस्थित र उद्देश्य अनुरुप सञ्चालन गर्न टेवा पुर्‍याउने उद्देश्यले तालिमको आयोजना गरेको बताए । साथै उहाँले तालिममा सिकेका ज्ञान सिपलाई सहकारी सञ्चालनको क्रममा व्यवहारमा उतार्न आग्रह गरे । तालिम समापन कार्यक्रममा बोल्दै रामपुर बचत तथा ऋण सहकारी संस्थाका लेखा समिति सदस्य राधिका भण्डारीले सहकारीलाई उद्देश्य अनुरुप सञ्चालन गर्न यस्ता तालिम कर्मचारी , सञ्चालक समिति र शेयर सदस्यलाई पनि आवश्यक रहेको बताए ।  नवज्योति बचत तथा ऋण सहकारी संस्था रामपुर ८ पाल्पाका व्यवस्थापक यम बहादुर परियारले सहकारी संस्थाको सही लेखा व्यवस्थापनका लागि तालिम लाभदायी बनेको भन्दै नगरपालिकालाई धन्यवाद दिए ।

रामपुर नगरपालिका भित्र सञ्चालित २१ वटा सहकारीका ४१ जनाको सहभागिता रहेको तालिमको सहजिकरण रामपुर नगरपालिका सहकारी शाखा प्रमुख गणेश प्रसाद रेग्मीले गरे। रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चेमन प्रकाश पोखरेलको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रमको सञ्चालन सहकारी शाखा प्रमुख गणेश प्रसाद रेग्मीले गरेका थिए ।

advertisement_1680627680.gif