सोमबार, २९ बैशाख, २०८२

अन्तर्राष्ट्रिय युवा दिवसकाे अवसरमा सरसफाइ कार्यक्रम सेमरीमा सम्पन्न

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २७ श्रावण, २०८०

अन्तर्राष्ट्रिय युवा दिवसकाे अवसरमा सरसफाइ  कार्यक्रम सेमरीमा सम्पन्न

नन्‍दु यादव, पश्चिम नवलपरासी। पश्चिम नवलपरासी जिल्लाको प्रतापुर गाउपालिका वडा नम्बर २ सेमरीमा आज सरसफाई कार्यक्रम गरिएको छ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज आदर्श युवा विकास मञ्च सेमरी ले सरसफाई गरेको बताइएको छ। सफा घर सभामा भएपनि त्यसो गर्न लागौ सधैं स्वस्थ हुन्छ जिन्दगानी भन्ने मूल नाराको साथ गाउँमा रहेको बाटोको वरिपरि झारपात ,फाेहाेरमैलाहरु सरसफाई गरिएको आदर्श युवा विकास मञ्चका अध्यक्ष विनोद क्षेत्रीले जानकारी दिनुभयो।

आउने दिनमा गाउमा रहेका विभिन्न समाजिक कार्यहरु, जनचेतनामूलक कार्यक्रमहरु सन्चालन गर्ने संस्थाका सचिव सुजित कुमार गुप्ताले बताउनुभयो।हातमा कुच्चो बोकेर सडक बडार्ने, सडक छेउमा भएको फोहर संकलन गर्ने तथा सडक छेउमा रहेका बिरुवाको गोडमेल जस्ता कार्यहरु अभियानको क्रममा गरिएको थियो।

अभियान सँगसँगै फोहोरलाई आ–आफूले व्यवस्थापन गर्नुपर्ने, फोहोरलाई सडक पेटीमा जलाउन नहुने, छड, इँटा जस्ता व्यापारिक सामाग्री राख्न रोक लगाउने लगायतकाे कुरामा स्थानिय आम जनतामा जनचेतना जगाईएकाे थियाे ।

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif