शुक्रबार, १५ फाल्गुन, २०८२

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १७ माघ, २०८२

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

२०८२ माघ १६, अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

हंसपुरबाट टारीतर्फ आउँदै गरेको लु १ क ५१३३ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री मालारानी गाउँपालिका–५ बस्ने ३२ वर्षीय उमेश खत्रीको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरक्षिक दिवस जिसीले जानकारी दिए ।

ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको उनले बताए ।

advertisement_1680627706.gif