बिहीबार, १६ जेष्ठ, २०८२ 9:59:10 PM

बुटवल–पाल्पा जोड्ने सिद्धबाबा सुरुङ मार्ग निर्माणको काम सुरु

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ६ माघ, २०८०

बुटवल–पाल्पा जोड्ने सिद्धबाबा सुरुङ मार्ग निर्माणको काम सुरु

काठमाडौं। मृत्‍युमार्ग को रूपमा चिनिने बुटवल–पाल्पा जोड्ने सिद्धबाबा सुरुङ मार्ग निर्माणको काम सुरु भएको छ।

ठेक्का सम्झौता भएको २२ महिनापछि १.१२६ किलोमिटर लम्बाइको सुरुङ गतसातादेखि खन्न थालिएको सुरुङ मार्गको ठेक्का सम्झौताअनुसार यो सुरुङमार्ग पाँच वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ। सुरुङ मार्गको ठेक्का सम्झौता २०७८ फागुन २५ गते भएको थियो।  सुरुङमार्ग निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको छ।

सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २०७८ मा ठेक्का सम्झौता गरेको थियो। कम्पनीले आवश्यक पूर्वतयारीका काम सकेर सुरुङमार्गको ड्रिलिङ सुरु गरेको हो।  यो निर्माण कम्पनीले निर्माण सम्पन्न गरेसँगै पाँच वर्षसम्म मर्मत सम्भारको जिम्मेवारी पनि पाएको छ।

बुटवल–तानसेन सडक खण्ड अन्तर्गतको सिद्धबाबा मन्दिरको उत्तरतर्फ चिडियाखोलाको छेउदेखि दोभानसम्म सुरुङ खन्न लागिएको साथै सुरुङमार्ग दुई लेन अर्थात् साढे सात मिटर चौडा हुनेछ।

सिद्धबाबा सुरुङ मार्गको ठेक्का चाइना स्टेटले ७ अर्ब ३४ करोडमा पाएको हो। सुरुङ मार्गको प्राविधिक छनोटमा चारवटा कम्पनी परेका थिए। प्राविधिक प्रस्ताव पेस गरेका मध्ये सबैभन्दा कम कबोल गर्ने चाइना स्टेट छानिएको हो।

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif