राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २५ माघ, २०८२
२०८२ माघ २४, पाल्पा । प्रेस चौतारी नेपाल पाल्पाको चौथो वार्षिक साधारण सभा तथा डिजिटल पत्रकारिता क्षमता विकास कार्यशाला सम्पन्न भएको छ । साधारणसभामा बोल्दै प्रेस चौतारी नेपालका केन्द्रिय अर्थ सचिव प्रदीप आचार्यले परम्परागत पत्रकारिता पेशा दिनहुँ संकटमा पर्दै गएकोले, समय परिस्थिति अनुसार पत्रकारहरू डिजिटल प्रविधिमा रुपान्तरण हुनुपर्नेमा जोड दिए ।
अहिले व्यक्ति व्यक्तिले अनलाईन संचालन गर्ने र सत्य, तथ्य, निष्पक्ष पत्रकारिता नगरी, मागी खाने भाडो बनाउने गलत प्रवित्त बढेको चौतारीका केन्द्रिय सचिव आचार्यले बताए । नेकपा एमाले पाल्पा इन्चार्ज एवं पाल्पा क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार ठाकुर प्रसाद गैरेले देश संविधान बाहिरबाट चलेकोले मुलकलाई संविधानको दायरामा ल्याउन आवश्यक रहेकाेमा जाेड दिए ।
नेकपा एमाले केन्द्रिय सदस्य सरस्वती चिदीले पत्रकारहरुले सत्य तथ्य र निष्पक्ष भएर समाचार लेख्नुपर्ने बताए । लुम्बिनी प्रदेशसभा सदस्य एवं अर्थ उधोग पर्यटन समितीका सभापति राजु प्रसाद श्रेष्ठले अहिले सामाजिक सञ्जाल बाट मित्थ्या समाचारको बाढी नै आएकोले जनतालाई सहि र गतल छुट्टाउन कठिन भएको बताए ।
साधारणसभा तथा डिजिटल पत्रकारिता तालिममा नेकपा एमालेका उपाध्यक्ष विमल काफ्ले, जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदी, माथागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठ, प्रेस चौतारी नेपालका लुम्बिनी प्रदेश इन्चार्ज टिका बहादुर बस्नेत, पाल्पा इन्चार्ज मिलन विश्वकर्मा, प्रेस स्वतन्त्रता सेनानी गाेविन्द भट्टराई, एमाले चौतारी फाँट ईन्चाज राजेश कुमार अर्याल, माथागढी-३ का वडाअध्यक्ष तेज घर्तीमगर, प्रदेश सचिव कृष्ण पोखरेल, पूर्वअध्यक्ष भगवान भण्डारी, निवर्तमान अध्यक्ष राजेन्द्र लिगल, पाल्पा व्यापार संघका अध्यक्ष बिष्णु कार्की, अक्षयकोषदाता तुल बहादुर अधिकारी लगायतले शुभकामना दिएका थिए ।
साधारणसभामा सह-सचिव विजय वौडेलले सदस्यहरुको हक हितको लागि स्थापित चौतारी कल्याणकोष मस्यौदा प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभामा सचिव दयाराज न्यौपानेले सांगठनिक र कोषाध्यक्ष नेत्र गैरेले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
तालिममा पत्रकारिताको क्षेत्रमा एआई विज्ञ तथा गोरखापत्रका उप सम्पादक अजय शर्माले एआईले पत्रकारिता क्षेत्रमा पु-याएको सहयोगको बारेमा सहजीकरण गरेका थिए । कार्यक्रम प्रेस चौतारी पाल्पाका उपाध्यक्ष शोवाकान्त पाठकको स्वागत, सचिव दयाराज न्यौपानेको संचालन र अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा सम्पन्न भएकाे हाे ।