राष्ट्रिय सन्देश संबाददाता, सोमबार, १२ चैत्र, २०८०
नेपालगन्ज (बाँके) पवन जायसवाल ।नेपाल क्षयरोग निवारण संस्थाको ४४ औं केन्द्रिय सभाको अधिवेशन मोरङ्गमा सम्पन्न भएको छ ।
नेपाल क्षयरोग निवारण संस्था मोरङ्ग शाखाको आतिथ्यमा ४४ औं केन्द्रिय सभाको अधिवेशन मोरङ्गमा सम्पन्न भएको छ । बिराटनगर स्थित स्वागतम होटलमा आयोजित सभाको अध्यक्षता केन्द्रिय अध्यक्ष मदन काजी श्रेष्ठको अध्यक्षतामा बिराटनगर स्थित स्वागतम् होटलमा आयोजित प्रमुख अतिथि तथा कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले पानसमा बत्ती बालेर ४४ औं केन्द्रिय सभाको अधिवेशन उद्घाटन गर्नुभएको थियो ।
नेपाल क्षयरोग निवारण संस्था मोरङ्ग शाखाका सचिव भविस कुमार श्रेष्ठद्वारा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य केन्द्रिय उपाध्यक्ष अरुण प्रताप राणाले गर्नुभएको थियो उहाँले क्षयरोगको बारेमा प्रकाश पार्नुभएको थियो । ४४ औं केन्द्रिय सभाको अधिवेशनका प्रमुख अतिथि तथा कोशीका प्रमुख परशुराम खापुङ्गले क्षयरोग पत्ता लगाउने बैज्ञानिक डा. रर्वटकक र यस संस्थाका संस्थापक तथा पूर्व प्रत्रान मन्त्री मातृका प्रासाद कोइरालालाई सम्झना चाहन्छु, यो रोग फैल्न नदिन सवैले आ–आफ्नो क्षेत्रबाट सचेतना फैलाउन आवश्यक रहेको बताउनु भएको थियो ।
यसरी बिशिष्ट अतिथि तथा मुख्य मन्त्री, केदार कार्कीले कोशी प्रदेशले प्रदेशमा बच्चाहरुलाई निःशुल्क उपचार गर्छ, बच्चाहरु स्वस्थ भए भने क्षयरोग लाग्दैन । कोशी प्रदेशका पूर्व मुख्य मन्त्री हिकमत कुमार कार्कीले बिराटनगर मूलुकको पहिलो औद्यौगिक नगरी रहेको बताउनु भएको थियो, आज भन्दा ७० वर्ष अगाढी स्थापना भएको क्षयरोग संस्था हो । गाउँघरमा यो रोग लुकाई रहेका छन्, क्षयरोग लागेका बिरामीहरुलाई पत्ता लगाई उपचार गरी रहेको यो क्षयरोग संस्थालाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । कोशी प्रदेशका स्वास्थ्य मन्त्री प्रदीप कुमार सुनुवारले कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले सहयोग गर्ने प्रतिवद्धता गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसरी कार्यक्रममा केन्द्रिय अध्यक्ष मदन काजी श्रेष्ठ, केन्द्रिय महासचिव राजेन्द्र श्रेष्ठले केन्द्रले गरेको कार्यहरुको बारेमा प्रकाश पार्नु भएको थियो । मोरङ्ग शाखाका सभापति शिव नारायण प्रधान लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
निर्वतमान केन्द्रिय अध्यक्ष देवेन्द्रमान प्रधान, सम्मानित व्यतिmत्वहरुको तर्फबाट सलाही जिल्लाका सभापति डोल प्रसाद भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रिय महासचिव राजन कुमार श्रेष्ठद्वारा आ.व. २०७९÷०८० को बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष किरणमान प्रधानद्वारा आ.व. २०७९÷०८० को लेखा परिक्षण प्रतिवेदन बजेट प्रस्तुत गरिएको थियो । प्रस्तुत प्रगति प्रतिवेदन, लेखा परिक्षण, आय व्यय विवरण, प्रस्तावित कार्यक्रम र बजेट माथि व्यापक छलफल गरिएपछि सर्वसम्मतले पारित गरिएको थियो । कार्यालयबाट प्राप्त सुझाव अनुसार मस्यौदा अनुमोदनको लागि पेश गरिएको थियो ।
कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्था केन्द्रिय समितिले वार्षिक रुपमा यस क्षेत्रमा काम गर्ने व्यक्तित्वहरुलाई विभिन्न पुरस्कार वितरण गर्दै आएको छ । सोही अनुसार वितरण गरिने केन्द्रिय महासचिव राजन कुमार श्रेष्ठले जानकारी गराउँदै कमल राणा पुरस्कारबाट बि.सं २०३७ साल देखि २०७७ साल सम्म यस क्षेत्रमा अतुल्निय योगदान पु¥याउनु भएका र विभिन्न जिल्ला स्थापना गराउनु भएका निर्वतमान केन्द्रिय पूर्व अध्यक्ष देवेन्द्रमान प्रधान, डा.नारायण गोपाल आमात्य पुरस्कारबाट क्षयरोगमा काम गर्दै आउनुभएका, मोरङ्ग अस्पतालका डा.नारायण कुमार, पहिलो पटक कोभिट भ्याक्सिन लगाउने व्यक्ति तथा डा.सागर कुमार राजभण्डारीलाई प्रमुख अतिथिले खादा ओढाएई नगद राशी र सम्मान पत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।
ओत्सुका पुरस्कार हरेक वर्ष प्रदान गर्दै आईरहेको अनुसार २०८० का लागी स्वयंसेवक तर्फबाट नेपाल क्षयरोग निवारण संस्था दोलखा शाखाका सभापति हर्क बहादुर श्रेष्ठ डाँगी, उकृष्ट जिल्ला शाखाको तर्फबाट सर्लाही जिल्लालाई सभापति डोल प्रसाद भट्टराई, उत्कृट कर्मचारी तर्फ मोरङ्ग जिल्ला शाखाकी कर्मचारी गायत्री देवी खतिवडालाई सम्मान–पत्र प्रदान गरिएको थियो ।
यसरी मोरङ्ग शाखाको तर्फबाट क्षयरोग कार्यक्रममा अतुल्नीय योगदान पु¥याउनु भएका कोशी प्रदेशका पूर्व मुख्य मन्त्री हिकमत कुमार कार्की, केन्द्रिय अध्यक्ष मदन काजी श्रेष्ठ, हरिबोध बजगाई, डा. गोकुल प्रसाद, बुढीगंगा गाउँपालिकाले १ बिगह ५ कट्ठा जग्गा प्रदान गरेकोले सम्मान–पत्र प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा मोरङ्ग शाखाद्वारा विभिन्न किसिमका गरिएका कार्यहरु, क्षयरोग सम्बन्धित जानकारीमूलक सन्देश प्रकासित स्मारिकाको बिमोचन प्रमुख अतिथि, शिशिष्ट अतिथि, अतिथि, केन्द्रिय अध्यक्ष, पदाधिकारीद्वारा गरिएको थियो ।
यसरी बलराम लिम्बु, राधा मण्डल, धु्रवलाल प्रधान, घनश्याम कोइराला, भिम चन्द्र थापा, सविता भट्टराई, रुपेश भण्डारी, आशीष थापा, मनोज चौधरी, गीता बिष्ट, मनिष राजबंशी, रेडक्रस सोसाइटीका सुशीला घिमिरे, राजकुमार पासवान, सुभद्र लगायतलाई नेपाल क्षयरोग निवारण संस्था मोरङ्ग शाखाका सभापति शिव नारायण प्रधान र ४४ औं केन्द्रिय सभाको अधिवेशन मूल समारोह समितिका संयोजिक घनश्याम राठीले प्रशंसा–पत्र प्रदान गर्नुभएको थियो भने र प्रमुख अतिथि, बिशिष्ट अतिथि, अतिथि, केन्द्रिय पदाधिकारीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
यसरी सो कार्यक्रममा केन्द्रिय उप–महासचिव राधा देवी मास्के, केन्द्रिय उप–कोषाध्यक्ष हीरा देवी शर्मा, केन्द्रिय सदस्यहरुमा सुश्री शोभा शाक्य, राजकिशोर प्रसाद यादव, बसन्त कुमार नेपाल, गोपाल श्रेष्ठ, महेन्द्र गोपाल कर्माचार्य, बिजयानन्द झाँ, सेमराज शाक्य, श्याम कुमार श्रेष्ठ, दामोदर न्यौपाने, केशव श्रेष्ठ, डा. सागर कुमार राज भण्डारी, स्याङजा जिल्लाबाट सभापति बिष्णु प्रसाद पौडयाल, दाङ शाखाबाट खिम लाल डाँगी, बाँके शाखाबाट सल्लाहकार जनकराम भण्डारी, सदस्य सुन्दरलाल शाक्य, पवन जायसवालको सहभागिता रहेको थियो
नेपाल क्षयरोग निवारण संस्था मोरङ शाखाका सचिव भविस कुमार श्रेष्ठद्वारा सञ्चालित सो अधिवेसनमा बाँके, दाङ्ग, काभे्र, नुवाकोट, भक्तपुर, स्याङजा, , चितवन, पर्सा, बारा, पाल्पा, कास्की, गुल्मी, रौतहट, धादिङ, कैलाली, कपिलवस्तु, गोरखा, झापा, तनहुँ, ललितपुर, सर्लाही, नवाकोट, तेह्राथुम, सप्तरी, सुनसरी, सिरहा, दोलखा, इलाम, धनुषा, सिरहा लगायत ३० वटा शाखाको सहभागिता रहेको थियो ।