राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, १५ बैशाख, २०८०
बुटवल। लुम्बिनी प्रदेशमा शुक्रबार मुख्यमन्त्री चौधरी सहित अन्य तिन मन्त्रीले सपथ लिएका छन् ।
नवनियुक्त मन्त्रीहरुमा माओवादी केन्द्रबाट धनबहादुर मास्की , नागरिक स्वतन्त्रताका धर्मबहादुर चौधरी र लोसपाका सन्तोष पाण्डे छन् ।नयाँ मन्त्रीको मन्त्रालय टुंगो लाग्न भने बाँकी रहेको छ।
मास्की दाङ निर्वाचन क्षेत्र नम्बर ३ (२) बाट निर्वाचित हुन् भने लोसपा बाट मन्त्री बनेका सन्तोष पाण्डे रुपन्देही २ बाट निर्वाचित भएका हुन् त्यस्तै नागरिक उन्मुक्तिका चौधरी बर्दियाबाट निर्वाचित भएका हुन्।