शुक्रबार, १५ फाल्गुन, २०८२

लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ९ फाल्गुन, २०८२

लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल

२०८२ फागुन ०९, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले लुम्बिनी प्रदेशको निर्वाचन तयारीबारे छलफल गरेकी छन् ।

शनिबार बुटवलमा निर्वाचन आयोगका पदाधिकारी, नेपाल प्रहरी, नेपाली सेना लगायतका प्रतिनिधिमण्डलको टोलीसँग उनले छलफल गरेकी हुन् ।

छलफलका क्रममा प्रधानमन्त्री कार्कीले आसन्न प्रतिनिधि सभा निर्वाचनको तयारी, सुरक्षा रणनीति र अवस्थाका बिषयबारे ब्रिफिङ लिएकी थिइन् ।

सुरक्षा अवस्थाबारे प्रहरी र सेनाका अधिकारीहरूले जानकारी गराएका थिए ।

advertisement_1676553851.gif