सोमबार, २९ बैशाख, २०८२

नेपालगन्जका कुख्यात तस्कर प्रहरी हिरासतमा

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १ जेष्ठ, २०८१

नेपालगन्जका कुख्यात तस्कर प्रहरी हिरासतमा

नेपालगन्ज । नेपाल भारतको सिमानासंग जोडिएको नेपालगन्ज नाकामा वर्षौंदेखि अवैध कारोवार, तस्करी गर्ने भौकीभन्ने अमिर अहमदजोलाहालाई बाँके प्रहरीकार्यालयले पक्राउ गरी हिरासतमा राखेको छ । प्रहरीले उनलाई तस्करीकोअभियोगमाकान’नीकार्यवाही अगाडि बढाएको छ । नेपालगन्जको सिमानाका संग जोडिएको जयसपुर गाउँबस्ने जोलाहाको गोदाममाबाँके प्रहरीले छापा मारेर लाखौं रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको थियो । प्रहरीको रेकर्डमा ‘कुख्यात तस्कर’ भौकीभनेर चिनिन्छन् । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायवउपरीक्षक तथा प्रवक्ता नारायण डाँगीका अनुसार बरामद गरी उक्त सामानलाई प्रहरीले आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको थियो । छापा मार्नका लागि प्रहरीलाई सूचनादिएको आरोप लगाउँदै निज जोलाहाले स्थानीय मोहम्मद इरफान जोलाहालाई नियन्त्रणमा लिएर कुटपिट गरेको प्रहरीले जनाएको छ । सोहीअभियोगमा पक्राउ गरी उनी माथिआवश्यक कार्यवाही प्रक्रिया अगाडी बढाइएको प्रवक्ता डाँगीले जानकारी दिनुभयो ।किन प्रहरीलाई उजुरी गरिस् भन्दै जिल्ला प्रहरी कार्यालय परिसरमै प्रहरीकै सामुन्ने पीडित इरफानलाई ‘छोटा भौकी’भनिने तस्कर भौकीका भाई समीर अहमद जोलाहाले निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ ।

पीडित इरफानले दिएको जाहेरीकाआधारमा पक्राउ परेर कार्यवाही प्रक्रिया अगाडी बढाइएको प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनु भयो । पीडित इरफानले आफुलाई भौकीले बन्धक बनाएर कुटपिट गरेको आरोप लगाएका थिए ।

कुटपिट गरेको आरोपमा छोटा भौकीभनिने निका भाई समीरलाई पनि तत्काल प्रहरीले नियन्त्रणमा लिएर कार्यवाही  प्रक्रिया अगाडी बढाएको छ । निजदुई भाईले लामो समयदेखि नेपालगन्ज आसपासमा तस्करी गर्दै आएको स्थानियहरुले बताएका  छन् ।

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif