बिहीबार, ८ आश्विन, २०८३

निर्वाचन कार्यालयले हटायो पाल्पाका ९९८ मतदाताकाे नाम

राष्ट्रिय सन्‍देश संबाददाता, ७ घण्टा पहिले

निर्वाचन कार्यालयले हटायो पाल्पाका ९९८ मतदाताकाे नाम

२०८३ असोज ०७ पाल्‍पा । जिल्‍ला निर्वाचन कार्यालय पाल्‍पाले मतदाता नामावलीमा एक भन्दा बढी स्थानमा दर्ता भएकाकाे नाम हटाएकाे छ । पाल्पाका दश पालिकामा एक भन्दा बढी स्थानमा नाम दर्ता भएका मतदाताकाे नामावली हटाइएकाे हाे ।

नाम हट्नेहरूको सूचिमा पाल्पाका ९९८ जना रहेका छन् । यसरी हटाइएका नाममध्ये कसैले नहटाउने वा कायम राख्न चाहेमा प्रमाणसहित असाेज १२ गतेसम्म जिल्ला निर्वाचन पाल्पामा निवेदन दिन सक्ने जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिए ।

कुनै निवेदन र प्रमाण पेश नभएकाे खण्डमा मतदाता नामावलीबाट नाम स्थायी रूपमा हटाइने उनले बताए ।

advertisement_1676553908.gif