सोमबार, २९ बैशाख, २०८२

पाल्‍पामा हुरीले रुख पल्टाउँदा सडकमा गुडिरहेको स्कुटर चालकको मृत्‍यु

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १७ चैत्र, २०८०

पाल्‍पामा हुरीले रुख पल्टाउँदा सडकमा गुडिरहेको स्कुटर चालकको मृत्‍यु

पाल्पा । पाल्पामा हावाहुरीले रुख पल्टाउँदा सडकमा गुडिरहेको स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्‍तर्गत बुटवल-पाल्‍पा डुम्रे बजार नजिकै जरे पिपलमा रूख पल्‍टेर २० बर्षिय भुवन सिंजालीको घटनास्थलमै मृत्‍यु भएको हो ।

चालक पाल्पा कैलाशनगरका २० बर्षिय भुवन सिंजालीको डुम्रे नजिकै जरे पिपलमा बाटोमा सल्लाको रुख पल्टेर लाग्दा स्कुटर घटनास्थलमै ज्यान गएको प्रत्यक्षदर्शी बताए।

पाल्पाबाट बुटवलतर्फ जादै गरेको लु ८१प ११३६ नम्बरको स्कुटरमा जादै गर्दाको समयमा चालक सिंजालीको घटनास्थलमै मृत्‍यु भएको प्रहरीले जनाएको छ । हावाहुरीकै कारण सोही स्थानमै रोकिराखेको ग १०प ५७२१ नम्बरको स्कुटर र एकमाेटरसाइकललाई रूखले च्‍यापेको थियो ।

पानीसहित आएको हावाहुरीले रुख पल्टाएका कारण अहिले पाल्पा-बुटवल सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । स्कुटरमा सवार अर्का एक जना सामान्य घाइते भएको पाल्पा प्रहरीले जनाएको छ ।

तस्विर:-सामाजिक संजाल

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif