शुक्रबार, १५ फाल्गुन, २०८२

पाल्पामा २९ मतदानस्थल अति संवेदनशील

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १६ माघ, २०८२

पाल्पामा २९ मतदानस्थल अति संवेदनशील

२०८२ माघ १५, पाल्‍पा । जिल्ला सुरक्षा समितिले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको पाल्पामा २९ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा समावेश गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विनु  कुँवरका अनुसार क्षेत्र नं. १ मा २०  र क्षेत्र नं. २ मा नौ वटा मतदान स्थल संवेदनशील  छन् । यहाँ ११८ मतदान स्थल र २५१ मतदान केन्द्र निर्धारण भएका छन् ।

पाल्पामा दुई लाख सात हजार ४३६ कूल मतदातामध्ये क्षेत्र नं. १ मा ९८ हजार ३८३ र क्षेत्र नं. २ मा एक लाख नौ हजार ५३ मतदाता छन् । कूल मतदातामा तीन हजार ६५० महिला पुरुषभन्दा बढी छन् । अघिल्लो निर्वाचनमा भन्दा यस पटक ६ हजार ११० जना मतदाता थपिएका छन् ।

advertisement_1680627706.gif