शुक्रबार, १५ फाल्गुन, २०८२

पाल्पामा ट्रिपरकाे ठक्करबाट दुई जनाकाे मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २ फाल्गुन, २०८२

पाल्पामा ट्रिपरकाे ठक्करबाट दुई जनाकाे मृत्यु

२०८२ फागुन ०२, पाल्पा । पाल्पाकाे तिनाउ-३ दाेभानमा ट्रिपर र माेटरसाइकल ठाेक्किदा दुई जनाकाे मृत्यु भएकाे छ । सिद्दार्थ राजमार्ग हुँदै बुटवलदेखि पाल्पातर्फ आउदै गरेको लु ४९ प ७७९५ नम्बरको मोटरसाईकल र विपरीत दिशाबाट जाँदै गरेको लु २ ख १८८३ नम्बरको टिप्पर एकआपसमा ठाेक्किदा दुई जनाकाे मृत्यु भएकाे हाे ।

मृत्यु हुनेमा गुल्मी जिल्ला पुर्तिघाट-४ का (नागरिकता अनुसार) ३९ वर्षीय मिलन सार्की र अर्की ३१ वर्षकी एक महिलाकाे मृत्यु भएकाे हाे । मृत्यु हुने महिला बुटवल उपमहानगरपालिका-८, सुख्खानगरकी २८ वर्षीया सीता राना रहनुभएकाे छ । उनीहरूलाई उद्धार गरी लुम्विनी प्रादेशिक अस्पताल लगेपनि चिकित्सकले मृत घाेषणा गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हाेमप्रकाश चाैधरीले जानकारी दिए । घटना शनिबार दिउँशाे साढे २ बजेतिर भएकाे थियाे ।

advertisement_1676551694.gif