सोमबार, २९ बैशाख, २०८२

प्युठानकाे भिंगृमा तिर्थयात्री बोकेको कार दुर्घटना: ८ जनाको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २९ जेष्ठ, २०८०

प्युठानकाे भिंगृमा तिर्थयात्री बोकेको कार दुर्घटना: ८ जनाको मृत्यु

प्युठान। प्युठानकाे भिंगृमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । तीर्थयात्री चढेकाे  लु १ च ६३४५ जीप स्वर्गद्वारी दर्शन गरेर दाङकाे लमही फर्किँदै गरेका भिंगृमा दुर्घटनामा परेकाे हाे । 

गाडीमा लमही ५ का २ महिला २ पुरुष र ४ बालबालिका सवार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कार अनियन्त्रिण भई सडकबाट ५० मिटर तल खस्दा घाइते आठ जनालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएकाे जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रवक्ता सुशील थापाले जानकारी दिए ।

मृत्यु हुनेहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेकाे जिल्‍ला प्रहरी कार्यालय प्‍यूठानले जनाएको छ।

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif