सोमबार, २९ बैशाख, २०८२

राहत लिएर गाउपालिका अध्यक्ष यादव पुगे ; बाढिपिडितकाे घर आगनमा

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १० भाद्र, २०८०

राहत लिएर गाउपालिका अध्यक्ष यादव पुगे ; बाढिपिडितकाे घर आगनमा

नन्दु यादव , नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउपालिका वडा न २मा बाढिपिडित २८घरधुरि लाई खाद्यान्न राहत स्वरुप प्रतापपुर गाउपालिका द्वारा बितरण गरिएकाे छ ।

हिजाे देखि परेको अबिरल बर्षाको कारण वडा न २ क्षेत्रको अधिकाश भुभाग डुबान परेको छ। खासगरि बाढिका समय कामगरि खाने अति बिप्पन्न परिवारहरुले काम गर्न नपाय पछि खानबाट बन्चित हुने अवस्था आएकोले त्यसको मध्यनजर गर्दै ति परिवारहरुका केहि राहतहोस भनि राहत बितरण गरिएको प्रतापपुर गाउपालिका का अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिनु भयाे ।

साथै यस गाउपालिका भित्र रहेका अामनागरिककाे हरेक समस्या लाई समाधान गरि अगाडि बढने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयाे ।मेराे प्राथमिकता सुखि जनता समृध्द प्रतापुर बनाउने लक्ष्य रहेकाे बताउनु भयाे ।जनता सुखि हुनु नै मेराे राजनितिक धर्म रहेकाे बताउनु भयाे ।

लामो समय देखि यसक्षेत्रमा बाढिको डुबानले यहाका जनताहरुले समस्या भोग्दै आएका छन।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif