सोमबार, २९ बैशाख, २०८२

रोल्पामा जिप दुर्घटना हुदा एकको मृत्यु ८ घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १७ बैशाख, २०८०

रोल्पामा जिप दुर्घटना हुदा एकको मृत्यु ८ घाइते

रोल्‍पा। आइतवार रोल्पामा जिप दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने अन्‍य ८ यात्रुहरूको घाइते भएका छन् ।

दाङको तुलसीपुरबाट रोल्पाको गंगादेव गाउँपालिका- ६ राँकको ताप्लाका लागि हिडेको लु १ ज ४७५५ नम्बरको जिप गंगादेव गाउँपालिका-२ हेमुनखोलामा दुर्घटना भएको हो ।

जिप सडकबाट करिब २ सय फिट तल खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी श्यामकुमार सारू मगरले जानकारी दिए । डिएसपी मगरका अनुसार दुर्घटनामा परि स्थानीय १५ वर्षीय तिलक वलीको घटनास्थलमै मृत्यु हुनुको साथै अन्य ८ जना घाइते भएको बताए ।

दुर्घटना परि घाइतेमध्‍ये ४ जनाको अवस्था मध्यम रहेको र अन्य ४ जनाको अवस्था सामान्य रहेको बताइएको छ। मध्य घाइते ४ जनालाई उद्धर गरि दाङ तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा पठाएको छ भने चालकसहित बाकी ४ जनाको नजिकैको स्वास्थ चौकीमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार गाडीमा ९ जना सवार थिए ।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif