सोमबार, २९ बैशाख, २०८२

रुपन्देहीको सैनामैनामा बस दुर्घटना, ४३ जना घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ३० जेष्ठ, २०८१

रुपन्देहीको सैनामैनामा बस दुर्घटना, ४३ जना घाइते

बुटवल, जेठ ३० । रूपन्देहीको सैनामैनमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन्। दाङबाट काठमाडौंका लागि छुटेको रा १ ख २७८३ नम्बरको बस गएराति रूपन्देहीको सैनामैना नगरपालिका–१० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु१ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी मनोहर प्रसाद भट्टले का अनुसार दुर्घटनामा बस चालक र यात्रुसहित ४३ जना घाइते भएको बताए ।

घाइतेलाई चौराहा हस्पिटल बुटवल, एडमनसिटि हस्पिटल बुटवल र हिराचन्द्र हस्पिटल सालझण्डीमा उपचारका लागि लगिएकोमा आइतबार बिहानसम्म १९ जना डिस्चार्ज भइसकेका छन्। अन्य २४ जनाको उपचार जारी छ।

बसका सहचालक गम्भीर घाइते छन्। उनको पहिचान खुल्न सकेको छैन।

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif