शनिबार, २ असार, २०८१

advertisement_1712329002.jpg

तिनाउमा डुबेर भारतीय नागरिकको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २६ जेष्ठ, २०८१

तिनाउमा डुबेर भारतीय नागरिकको मृत्यु

पाल्‍पा, जेठ २६ । पाल्‍पाको तिनाउ खोलामा डुबेर शनिबार एक जना भारतीय नागरिकको मृत्यु भएको छ। भारतको कानपुर जिल्लाका ३५ वर्षीय फहिम अहमदको नुहाउने क्रममा खोलामा डुबेर मृत्यु भएको हो ।

पाल्पाको तिनाउ गाउँपालिका -३ झुम्सास्थित तिनाउ खोलामा शनिबार दिउँसो गएका अहमद पानीमा डुबेपछि उनीसँगै गएका दुई जना साथीले उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएको पाल्पा प्रहरीले जनाएको छ । ३५ वर्षीय अहमदको उपचारको क्रममा अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।

advertisement_1712329002.jpg
प्रतिक्रिया
advertisement_1677772990.gif
advertisement_1693066608.gif
advertisement_1677773007.gif
advertisement_1677772940.gif
advertisement_1677773033.gif
advertisement_1677773060.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg